२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

के हुवावेले भारतीय बजारमा प्रभाव पार्ला ?



अ+ अ-

नयाँदिल्ली — अमेरिकी दूरसञ्चार कम्पनीहरूलाई ‘५-जी’ उपकरण बेच्न प्रतिबन्ध लागेपछि चिनियाँ कम्पनी हुवावेले भारतमा आक्रामक बजार विस्तारमा सक्रिय देखिएको छ । 

‘केही देशले हुवावेलाई खेदिसकेका छन्,’ ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ का प्रविधि विश्लेषक अरुण सुकुमार भन्छन्, ‘त्यसैले भारतसँगको सम्भावित सम्झौता ५-जी विस्तारका लागि हुवावेलाई विशेष महत्त्वको हुन सक्छ ।’ हुवावे तत्कालका लागि सहज परिस्थितिमा भए पनि उसले बजारका लागि नयाँ लगानीका क्षेत्र खोज्नुपर्ने सुकुमारको भनाइ छ । उनले भारत हुवावेका लागि ठूलो बजार रहको बताउँछन् ।
पछिल्लो समय अस्ट्रेलियामा पनि प्रतिबन्ध खेपेको हुवावेमाथि अन्य देशले पनि प्रतिबन्ध लगाउनेबारे सोचिरहेको जनाएका छन् । चीनले हुवावेका उपकरणको सहयोगमा जासुसी गर्ने गरेको अमेरिकी आरोप छ । अमेरिकी आरोपको हुवावेले भने खण्डन गर्दै आएको छ । मोबाइल फोन प्रयोगकर्ताका हिसाबले भारतीय बजार दोस्रो स्थानमा छ । त्यसैले कुनै पनि कम्पनीका लागि भारत महत्त्वपूर्ण बजार हो । अमेरिकाले भारत तथा आफ्ना साझेदार मुलुकलाई हुवावेका उपकरण जडान नगर्न आग्रह गर्दै आएको छ । हुवावेसँग व्यापार सम्झौता गरे प्रतिबन्धको सामना गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिँदै आएका छन् । अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसले आफ्नो भारत भ्रमणका क्रममा ‘भारत अमेरिकाको भूराजनीतिक साझेदार भएकाले आफूलाई सुरक्षा खतरामा पार्ने जोखिम नमोल्ने लागेको’ बताएका थिए । तर भारतस्थित हुवावे कम्पनीका प्रमुख जे चेनले आफ्ना उत्पादनमा कुनै खतरा नभएको लिखित प्रत्याभूति भारत सरकारलाई दिन हुवावे तयार रहेको बताएका छन् ।
‘अमेरिकाले भारत सरकारलाई प्रभावित पार्न खोजेको हामीले सञ्चारमाध्यममा पढेका छौं । तर मलाई लाग्छ हामीले त्यसविरुद्ध कदम चाल्न सक्छौं र हामीले गर्न सक्ने कोसिस गर्छौं,’ उनले भने ।बीबीसीका अनुसार अमेरिकाले हुवावेमाथि लगाएका आरोपबारे कुनै टिप्पणी नगरेको भारतले हुवावेलाई आगामी ‘५-जी’ स्पक्ट्रम परीक्षणमा सहभागी हुन निम्तो दिएको छ । यद्यपि, त्यसको मिति भने तय भइसकेको छैन ।
हुवावेलाई ‘५-जी’ नेटवर्क स्थापनाको प्रक्रियामा सहभागी नगराउँदा भारतलाई नकारात्मक असर पर्न सक्ने सुकुमारको भनाइ छ । ‘५-जी आरम्भ गर्न पाँच कम्पनीसँग मात्र पूर्वाधार छ । त्यसमाथि हुवावेको पूर्वाधार नोकिया र एरिक्सनजस्ता पश्चिमा देशका कम्पनीको तुलनामा निकै सस्तो छ,’ सुकुमार भन्छन्, ‘भारतको दूरसञ्चार कम्पनीे संघर्ष गरिरहेको छ । त्यस कारण सस्तो दरमा सेवा प्रदान गर्न पनि हुवावेसँग साझेदारी गर्नु निकै आकर्षक छ ।’ चेनले इकोनमिक टाइम्स पत्रिकालाई बताए छन्, ‘हुवावे हाल भारतको डिजिटल इकोसिस्टमको महत्त्वपूर्ण अंग भइसकेको छ र यो चरणमा बाहिर निकाल्दा त्यो पूर्णत:भत्किने जोखिम उत्तिकै छ ।’ अखबारले उनलाई उद्धृत गर्दै जनाएको छ, ‘त्यसले आर्थिक हानि मात्र होइन, प्रविधि विकासमा पनि नराम्रो असर पार्ने निश्चित छ ।’