२ असार २०८३, मंगलवार
,
Latest
नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान बजेटले स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न मद्दत गर्छ : मन्त्री लिंथेप खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण संविधान विपरीत हिँड्ने छुट अर्थमन्त्रीलाई छैन: पूर्वप्रधानन्यायायाधीश कल्याण श्रेष्ठ सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे चिकित्सा शिक्षा आयोगद्वारा पाठ्यक्रमअनुसार मात्रै सेवामा खटाउन निर्देशन प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार अन्तरराष्ट्रिय योग दिवसमा पहिलो पटक कैलाश–मानसरोवरमा योगाभ्यास हुने गेरुवामा निशुल्क लोकसेवा तालिमको समापन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले मुलुकमा पछिल्लो समय बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोह सक्रिय रहेको भन्दै तत्काल कारबाहीको माग गर्नुभएको हो ।

सांसद न्यौपानेले पछिल्ला केही प्रतिनिधि घटनाहरू प्रस्तुत गर्दै बुद्धनगर निवासी तारा पोखरेल र मोना पोखरेलको ह्वाट्सएप ह्याक गरी उनीहरूका परिचित व्यक्तिहरूबाट लाखौँ रुपैयाँ असुल गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी, अर्का पीडित सुधिरमान प्रधानको ह्वाट्सएपमा आइपीएस एक्टिभ गर्ने बहानामा आएको लिङ्क क्लिक गर्दा उनको बैंक खाताबाट पटक–पटक गरी १० लाख रुपैयाँ चोरी भएको घटना पनि उहाँले संसदमा प्रश्तुत गर्नुभयो ।

ठगीका यस्ता घटनामा संलग्न गिरोहले नेपालकै विभिन्न बैंकका खाताहरू र क्यूआर कोड प्रयोग गरिरहेको पाइएकाले त्यस्ता खाताहरूको पहिचान गरी तत्काल रोक्का गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

साइबर अपराधका उजुरीको चाप बढ्दो भएपनि अनुसन्धान गर्ने निकाय साइबर ब्युरोसँग सिमित स्रोतसाधन रहेको उल्लेख गर्दै उहाँले ब्युरोलाई थप शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउन सरकारसँग माग गर्नुभयो । साथै, नागरिकमा डिजिटल साक्षरताको कमीका कारण यस्ता ठगीका घटनाहरू बढेको भन्दै सरकारले डिजिटल साक्षरता अभियान चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।