२ असार २०८३, मंगलवार
,
Latest
सरकारले चालु संसद अधिवेशनमा नै संघीयतासम्बन्धि सबै ऐनहरु पारित हुनेगरी काम गर्नुपर्दछः काँग्रेस सांसद ढुंगाना ग्यालरी बैठक भवनलाई सांस्कृतिक र पुरातात्विक स्वरूपमै पुनर्निर्माण गरिनुपर्छः सांसदहरू राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न ४ करोड बजेट विनियोजन सांसद भट्टराईले कारको झ्यालबाट शरीर निकालेकाे भिडियो भाइरल, असुरक्षित यात्रा गरेको भन्दै कारबाहीको माग सडक सुरक्षा र यातायात व्यवस्थापनमा सरकार गम्भीर भएनः सभापति गजुरेल संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपसमितिको कार्यक्षेत्रबारे छलफल मुस्ताङको लोमन्थाङमा भारतीय सहयोगमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ मन्त्रीको अभिव्यक्ति कानूनी शासन विपरितः सांसद थापा दलहरू आन्तरिक विवादमा केन्द्रित हुँदा राष्ट्रिय सरोकार उपेक्षित भएको ज्ञवालीको भनाइ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीले राजस्व हिनामिना गर्नुभयो, तत्काल संसदीय समिति गठन गरी छानविन गरियोस्ः गुरुप्रसाद बराल



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राजस्व हिनामिना गरेको आरोप लगाउँदै छानविनका लागि तत्काल संसदीय समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले करको दर तलमाथि गरेर अर्थमन्त्री वाग्लेले राजश्व हिनाहिना गरेकाले संसदीय छानविन समिति गठन गरी त्यसको छानविन हुनुपर्ने बताउनुभएको हो ।

सांसद बरालले विगतलाई देखाएर अर्थमन्त्री वाग्लेले आफूले गरेको गल्तीबाट उम्किन नपाउने पनि बताउनु भयो । उहाँले विगतमा त्यस्ता घटना भएको भए छानविनको दायरामा आउन विपक्ष दलहरु तयार रहेको पनि बताउनु भयो ।

सांसद बरालले भन्नुभयो,‘आज देशको अर्थमन्त्रीले आफनो विचार अभिव्यक्त गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरु उठाउनु भयो । म सभामुख महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु–कि विगतका सबै घटनाहरुलाई दुधको दुध, पानीको पानी गरेर छुटयाउनका लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ । त्यसले सत्यलाई उजागर गर्न चाहन्छ, कमजोरी भए सच्याउन चाहन्छ । तर विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीज्यूले जसरी बजेटको दररेटमाथि छेडखानी भएर राजस्वलाई तलमाथि पार्नुभएको छ ।’

सांसद बरालले अर्थमन्त्री वाग्लेमाथि छानविनका लागि अभिलम्व कदम चाल्न पनि सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराउनु भयो ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै