१० असार २०८३, बुधबार
,
Latest
गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्ट लाइसेन्सकाे प्रिन्ट नै बन्द, समस्या अझ गहिरियाे



अ+ अ-

काठमाडाैंः सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट गर्ने मासप्रिन्टरले पनि काम गर्न सकेन । हाल प्रिन्टर नै बन्द भएको छ । मागअनुसारको सवारी लाइसेन्स वितरणका लागि मासप्रिन्टर ल्याए पनि सञ्चालन हुन सकेको छैन । यातायात व्यवस्था विभागले तीन महिनाअघि नै मासप्रिन्टर ल्याएको थियो तर हालसम्म सञ्चालन गर्न नसक्दा लाइसेन्स प्राप्त गर्न बाँकी संख्या छ लाख पुगेको छ ।

विभागले ग्लोबल टेन्डर गरी एक घण्टामा ४५० प्रतिकार्ड प्रिन्ट गर्नसक्ने क्षमताको मासप्रिन्टर ल्याएको हो । दुई महिनाअघि सञ्चालनका लागि सेट गरिएको प्रिन्टर अहिलेसम्म चल्न सकेको छैन । ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टिङ प्रेसले प्राविधिक कारण देखाउँदै ढिलाइ गरिरहेको विभागले जनाएको छ । सफ्टवेयर अपलोड, एप्लिकेसन इन्स्टल र परीक्षण भन्दै ढिलाइ भइरहेको छ ।

काममा ढिलाइ भइरहेपछि मासप्रिन्टरबाट समस्याको समाधान होला भन्नेमा स्वयं विभागका अधिकारीहरू नै ढुक्क हुन सकिरहेका छैनन् । प्रेसले प्राविधिक कारण देखाउँदै ढिलाइ गरिरहेपछि विभागका अधिकारीहरू पनि हैरानीमा परेका छन् । यो समाचार गोरखापत्रमा छ ।