२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाणिज्य मन्त्रीद्धारा राजीनामा



अ+ अ-

काठमाडौं । चुनावी कानुन उ’ल्लंघन गरेको पाइएपछि जापानका वाणिज्य मन्त्री इशु सुगावाराले पदबाट राजीनामा दिएका छन्। शुक्रबार चुनावी कानुनको उ’ल्लंघन गरेको आ’रोप लागेपछि उनले राजीनामा दिएका हुन्।

सुगावाराले राजीनामापछि पत्रकारहरुसँग बोल्दै चुनावी कानुनको उ’ल्लंघन नगरेको दाबी गरे। आफ्नो कारणले संसदमा हुने छलफलमा अवरोध नहोस् भन्ने चाहानाले राजीनामा दिएको उनले बताए। उनले चुनावको बेला महँगो खरबुजा, सुन्तला र सी फूड बाँडेका थिए। साथै शोकमा डुबेका परिवारलाई २० हजार येन बराबरको रकम समेत प्रदान गरेको पाइएको बिबिसीको रिपोर्टमा उल्लेख छ।

जापानमा चुनावअघि कसैलाई केही उपहार दिन प्र’तिबन्ध लगाइएको छ। उक्त घटनापछि प्रधानमन्त्री सिन्जो अबीले समेत माफी मागेका छन्। ‘उनलाई नियुक्त गर्नुको जिम्मेवारी म लिन्छु, जापानी नागरिक समक्ष माफी चहान्छु’ प्रधानमन्त्री अबीले भनेका छन्। उनी माथि लागेको आरोप पहिले शुकान बुनशुन साप्ताहिक पत्रिकामा प्रकाशित भएको थियो। यस पत्रिकाले सुगावाराले दिएका उपहारको लिस्ट समेत सार्वजनिक गरेको थियो।