१० असार २०८३, बुधबार
,
Latest
गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजार नागरिकता वितरण



अ+ अ-

दार्चुला । जिल्ला प्रशासन कार्यालयले तीन महीनामा एक हजारको सङ्ख्यामा नागरिकता वितरण गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले तीन महीनामा ६०१ पुरुष र ३७१ महिला गरी ९७२ लाई नागरिकता वितरण गरेको छ । यस अवधिमा महिलाभन्दा पुरुषले दुई गुणा बढी नागरिकता लिएका छन् । यस्तै आठ महिलाले बैवाहिक अंगिकृत नागरिकता लिएका छन् भने तीन महिलाले नेपाली नागरिकता परित्याग गरेका छन् । चार सय १६ ले नागरिकताको प्रतिलिपि लिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले यस अवधिमा दुई पुरुष र चार महिला गरी छ लाई नाबालक परिचयपत्र जारी गरेको छ । यसैगरी ५२ पुरुष र १२ महिला गरी ६४ ले जिल्लाबाट राहदानी पाएका छन् भने २१२ पुरुष र १५ महिला गरी २२७ ले केन्द्रबाट राहदानी लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले सूचनाको हकअनुसार तीन महीनामा प्रवाह गरेका सेवा सार्वजनिक गरेको छ । यस अवधिमा कार्यालयले १५ हातहतियार नवीकरण र तीन हातहतियार नामसारी गरेको छ । यस्तै आदिवासी जनजाति दलित प्रमाणित ८८, नामथर प्रमाणित १४४ र जन्ममिति प्रमाणित १६ को गरेको छ । बहुयात्रा अनुमतिपत्र जारी १०६, ताक्लाकोट अनुमतिपत्र २९ र ताक्लाकोट प्रवेश अनुमतिपत्र नवीकरण ३५ जनाको गरेको जनाइएको छ ।