२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री लक्षित महामन्त्री पौडेलको कटाक्षः सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो, बजेट चुहावटको छानबिनमा मौनता छायो



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति कटाक्ष गर्दै प्रतिपक्षमा रहँदा बजेट चुहावट र अनियमितताको छानबिनको माग गर्नेहरू नै सत्तामा पुगेपछि मौन रहने गरेको उहाँले बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो कटाक्ष गर्नुभएको हो । अर्थमन्त्री डा. वाग्लेले विगतमा बजेट ल्याउँदा चुहावट भयो, यसको छानबिन हुनुपर्छ भन्ने गरेको स्मरण गर्दै सत्तामा पुगेपछि आफूहरूमाथि प्रश्न उठ्दा ‘मलाई प्रश्न नगर, म तिमीमाथि प्रश्न गर्छु भन्ने गरेको टिप्पणी गर्नुभयो । उ

हाँले अर्थमन्त्री वाग्लेले म मात्रै बिग्रिएको होइन, तिमी मभन्दा बढी बिग्रिएका छौ भनेर जवाफ दिनु राम्रो नभएको बताउनु भयो । आफूमाथि प्रश्न उठेपछि अर्थमन्त्रीले तिमीले मेरो कुरा नगर, म पनि तिम्रो कुरा गर्दिन भनेर संसदबाटै भनेको बताउनु भयो । उहाँले वर्तमान सरकार कमजोर होस्, काम गर्न नसकोस् त्यसपछि आफूहरुको पालो आउँछ भनेर नबसेको पनि स्पष्ट पार्नुभयो । सरकारले आम नागरिकको भरोसा र विश्वास डगमगाउने स्थिति बनाउन नहुनेतर्फ सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी यो सरकार कमजोर होस्, यसले काम गर्न नसकोस्, अनि त्यसपछि हाम्रो पालो आओस् भनेर सोचिरहेका छैनौँ । आम नागरिकको भरोसा र विश्वास डगमगाउने स्थिति नबनोस्, यो व्यवस्था सुरक्षित रहोस्, र जनताले आफ्ना प्रतिनिधि छनोट गर्ने समावेशी व्यवस्था कसैले पनि भत्काउन नसकोस् भन्ने हाम्रो चाहना हो । तर परिस्थिति त्यस्तो बनिरहेको देखिँदैन । अब स्वास्थ्य क्षेत्रको सवालमा, अघिल्लो पटक मैले यहीँ आएर बोलेको कुरा निकै भाइरल भएको थियो । मैले भनेको थिएँ, सरकारले अस्पतालहरूको भुक्तानी गर्न सक्दैन, बीमा यसरी चल्न सक्दैन, यस्तै ढंगले बीमा सञ्चालन गरिरहियो भने यसले आफ्नो भविष्य पनि सुरक्षित गर्न सक्दैन, नागरिकलाई सेवा दिन पनि सक्दैन, र सरकारले नागरिकलाई सेवा दिएको अनुभूति गराउन पनि सक्दैन । तर त्यसो भन्नुको अर्थ स्वास्थ्य बीा बोर्ड खारेज गर्नुपर्छ भन्ने होइन । अघि यहाँ बोल्नुभएका सबै वक्ताहरूका भनाइहरू अत्यन्त मननीय छन् । नेताहरूले जनताका अगाडि धेरै कुरा बोल्छन्, जनताको पक्षमा बोल्छन् । जनताले कुन कुरा सुन्दा ताली बजाउँछन्, प्रायः त्यही कुरा बोल्छन् । तर सत्तामा पुगेपछि व्यवहार भने त्यसको ठीक विपरित देखिन्छ । हिजोसम्म बजेट ल्याउँदा चुहावट भयो, यसको छानबिन हुनुपर्छ भन्नेहरू नै फेरि अर्थमन्त्री हुनुभएको छ । आफूहरूमाथि प्रश्न उठ्दा ‘मलाई प्रश्न नगर, म तिमीमाथि प्रश्न गर्छु । म मात्रै बिग्रिएको होइन, तिमी मभन्दा बढी बिग्रिएका छौ । त्यसैले हामी कुरा मिलाऔँ; तिम्रो कुरा म गर्दिनँ, मेरो कुरा तिमी नगर’ भन्ने प्रवृत्तिमा प्रश्तुत भइरहेको अवस्था देखिन्छ ।’

महामन्त्री पौडेलले नेताहरूले जनताका सामु गर्ने प्रतिवद्धता र सत्तामा पुगेपछिको कार्यशैलीबीच ठूलो खाडल रहेको भन्दै यसलाई सुधार्नुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल