५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँपको सुगन्ध र लिचीको मिठास- फोटो फिचर



अ+ अ-

काठमाडौं: गर्मी मौसम बढेसँगै संघीय राजधानी काठमाडौंको मुख्य फलफूल थोक केन्द्र ‘कुलेश्वर बजार’ क्षेत्रमा मौसमी फलहरूको बजार निकै तातेको छ ।

विशेष गरी ग्रीष्मकालीन फलहरूको राजा मानिने आँप र रसिलो रातो लिची यतिबेला कुलेश्वरका सडक पेटी, भण्डारण गृह र थोक पसलहरूमा प्रचुर मात्रामा सजाइएको देख्न सकिन्छ । बिहानैदेखि देशका विभिन्न भाग र छिमेकी क्षेत्रबाट आइपुग्ने मालवाहक गाडीहरूले यहाँको बजारलाई थप चलायमान बनाएका छन् ।

सिराहा, सप्तरी, सर्लाही तथा मोरङका बगैँचाहरूबाट टिपिएका आँपलाई काठका बलिया बाकस (क्रेट्स) मा पत्रिकाको ओछ्यान लगाएर निकै जतनका साथ पकाउने र प्याकिङ गर्ने कार्यमा स्थानीय मजदुरहरू चौबीसै घण्टा व्यस्त छन् । कुलेश्वरको एक भण्डार गृहमा भेटिएका युवा कामदारहरू काठका बाकसभित्र अखबार बेरेर आँप मिलाउँदै फलामे तारले बाकस कस्न व्यस्त देखिन्थे । कामदारकाअनुसार कच्चा रूपमा टिपिने आँपहरू ढुवानीको समयमा बाकसकै ताप र अखबारको ओसले गर्दा काठमाडौं आइपुग्दासम्म प्राकृतिक रूपमा पाकेर खानयोग्य र पहेँलो बन्न थाल्छन् ।

थोक विक्रेताहरूले आँपसँगै ताजा लिची पनि आकर्षक क्रेटहरूमा सजाएर विक्री गरिरहेका छन् । उपभोक्ताहरू टाढा–टाढादेखि मोटरसाइकल तथा स्कुटर लिएर सिधै कुलेश्वर पुगी काँचो र पाकेका आँपका क्रेट तथा बाकसै खरिद गरेर घर लैजाने गरेका छन् । तातो हावासँगै आँप र शीतल प्रदान गर्ने लिचीको माग ह्वात्तै बढेकाले यस वर्ष कारोबार उल्लेख्य हुने व्यापारीहरूको विश्वास छ ।

यस मौसमी बजारले स्थानीय लाखौँ युवा र किशोरलाई छोटो अवधिको लागि उत्साहजनक रोजगारी समेत प्रदान गरेको छ । कुलेश्वरको गल्लीमा हाँस्दै र ठट्टा गर्दै आँप मिलाइरहेका किशोरहरूको अनुहारको मुस्कानले बजारको व्यस्तताभित्र एउटा सुन्दर मानवीय कथा थपेको छ ।–न्युज एजेन्सी नेपाल

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल