१० असार २०८३, बुधबार
,
Latest
भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सार्वजनिक बिदा दिएकामा स्वागत



अ+ अ-

काठमाडौं । नेपाल संवत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले यही कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएकामा त्यसको स्वागत गरेको छ ।

समितिका अध्यक्ष रमेश महर्जनले आज जारी गर्नुभएको विज्ञप्तिमा तिथि टुट हुने र दोहरिने समस्याले उक्त समुदायले १३ गते माग गरेकामा सरकारले त्यसलाई सकारात्मकरूपमा लिई सार्वजनिक बिदा दिन गरेको निर्णयले सांस्कृतिक परम्परा र विधि व्यवहारको महत्व सबैले आत्मसात गर्नुपर्ने सन्देश दिएको जनाइएको छ ।

तिथिअनुसार चाडपर्व जात्रा मनाउने सिलसिलामा व्यवहारिकता र सांस्कृतिक पक्षको महत्व रहेको उल्लेख गरिएको विज्ञप्तिमा यस्ता पर्वले सामाजिक सांस्कृतिक एकता कायम गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

आगामी दिनमा पञ्चाङ्ग निणार्यक समितिले तिथि–मिति घटबढ हुँदा सोहीअनुसार छलफल गरी समस्याको अग्रिम समाधानका लागि पहल गर्न आग्रह गरिएको छ । सरकारले राष्ट्रिय संवत् घोषणा गरिसकेको नेपाल संवत् ९नयाँ वर्ष० कात्तिक १२ गते आ–आफ्नो टोल शहरमा हर्षोल्लासका साथ विविध कार्यक्रम गरी मनाउन सबैमा अनुरोध गरिएको विज्ञप्तिमा काठमाडौँको वसन्तपुरमा उक्त दिन बिहान ७ बजे भेला भई सांस्कृतिक ¥यालीमा सहभागी हुन आग्रह गरिएको छ ।