३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि बढ्नेछः धवलशमशेर राणा



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई स्थापित गराउन आफूहरुले नयाँ राष्ट्रवादी पार्टी निर्माण गर्न लागेको बताउनुभएको छ ।

आइतवार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा स्पष्ट पार्नुभएको हो ।

नेता राणाले नयाँ पार्टीको नेतृत्व राजा र हिन्दु राष्ट्रको एजेण्डालाई बोकेर निमुख जनताको नेता बन्नुभएको भन्दै दुर्गा प्रसाईले गर्ने पनि बताउनु भयो ।

राजा र हिन्दु राष्ट्र बोकेको एजेण्डालाई लिएर देशव्यापी रुपमा निमुखा जनताको नेता हुनुभएको, ब्राण्ड हुनु भएकाले प्रसाईंले पार्टीको नेतृत्व गर्ने उहाँको भनाई थियो । नेता राणाले नयाँ बन्ने पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र हिन्दु राष्ट्र मुलुकमा कायम गरिछाड्ने संकल्प लिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजसंस्था र हिन्दु राज्यको एजेण्डालाई रेस्क्यू गर्नुपर्छ । र यो एजेण्डालाई रेस्क्यू गर्दा सबै राष्ट्रवादी, राजावादी एक ठाउँमा ल्याउनु पर्छ भन्ने क्रममा सबभन्दा पहिला दृष्टि हाम्रो दुर्गा प्रसाईंजी माथि गयो । उहाँ एउटा राजा र हिन्दु राष्ट्र बोकेको यो एजेण्डालाई लिएर देशव्यापी रुपमा निमुखा जनताको नेता हुनु भएको छ । एउटा ब्राण्ड हुनुभएको छ । र, उहाँ र हाम्रो सल्लाह मिलेको छ । उहाँ हाम्रो बाण्ड हुने, पार्टीको  नेता हुने र हामीले पार्टी चलाउने हो । र, भोलीको दिनमा जुन खाँचो छ नेपालका एउटा मजबुत राष्ट्रवादी शक्ति हामी निर्माण गर्न गईरहेका छौ । र, आजको उपस्थितिले र देशभरीबाट आएको सन्देश र संकेतहरुले पनि के सावित भईरहेको छ भने यो दुई तिन महिना भित्र नै यो एउटा मजुबत शक्तिको रुपमा नेपाली जनताको माझमा जानेछ ।’

नेता राणाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डालाई इमान्दारिताका साथ अघि नबढाएकाले आफूहरुले नयाँ पार्टी स्थापना गर्नुपर्ने अवस्था आएको जिकिर पनि गर्नुभयो ।