१ असार २०८३, सोमबार
,
Latest
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य



अ+ अ-

काठमाडाैँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का पूर्वअध्यक्ष कृष्ण आचार्यले उर्जा क्षेत्रमा व्याप्त समस्या समाधानका लागि सरकारलाई सामूहिक रूपमा दबाब दिनुपर्ने बताउनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजित एक कार्यक्रममा बोल्दै आचार्यले यस्तो बताउनुभएको हो । उर्जा क्षेत्रका जायज मागहरू सम्बोधन गराउन शक्ति प्रदर्शन र एकताको खाँचो रहेको औँल्याउनु भयो । आचार्यले विद्युत खरिद सम्झौता (पीपीए) र साधारण शेयर (आईपीओ) निष्कासनमा देखिएका ढिलाइप्रति आपत्ति प्रकट गर्नुभयो ।

विगत दुई वर्षदेखि उर्जा कम्पनीहरूको आईपीओ प्रक्रिया अवरुद्ध भएको र नियमनकारी निकायमा नेतृत्व अभाव तथा कार्यक्षमताको कमीले गर्दा उद्यमीहरू ठूलो मर्कामा परेको उहाँले उल्लेख गर्नुभयो । सरकारी कार्यशैलीको आलोचना गर्दै आचार्यले एकद्वार प्रणाली केवल कागजमा मात्रै सीमित भएको टिप्पणी गर्नुभयो ।

उद्यमीहरूबीचको आन्तरिक प्रवृत्तिको चर्चा गर्दै आचार्यले संस्थागत हित विपरित व्यक्तिगत स्वार्थका लागि फाइल दौडाउने महारोगबाट मुक्त हुनुपर्ने बताउनु भयो । सामूहिक सौदाबाजी गर्नुको सट्टा व्यक्तिगत रूपमा सरकारी निकायमा धाउने प्रवृत्तिले उर्जा उत्पादकहरूको साझा आन्दोलन कमजोर हुने उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘हामीले पटक–पटक पीपीए गरिदिन आग्रह गर्दा पनि सरकारले सुनेको छैन । यो हाम्रो कमजोरी हो कि सरकारको, यसको स्पष्ट जवाफ आउनुपर्छ । एउटै निकायभित्रका विभिन्न शाखा र प्रशाखाले सिर्जना गर्ने प्रक्रियागत अल्झनले उद्यमीलाई सास्ती दिएको छ । सरकारी निकायमा निवेदन दिनु पशुपतिमा फूल चढाए जस्तै भएको छ, जहाँबाट कुनै प्रतिक्रिया वा कारबाहीको सुनिश्चितता छैन ।’

संस्थाको संरचना ठूलो हुँदै गएको सन्दर्भमा आचार्यले नयाँ कार्यसमितिलाई छुट्टै विधान अधिवेशन बोलाएर विधान परिमार्जन गर्न सुझाव दिनुभयो । उहाँले रोइकराइ गरेर वा बिन्ती बिसाएर मात्र सरकारले माग पूरा नगर्ने भन्दै आफ्नो अधिकार सुनिश्चित गर्न र भविष्य सुरक्षित गर्न सबै उद्यमीहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सामूहिक सहकार्यबाट मात्र उर्जा क्षेत्रका चुनौतीहरू चिर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।




भर्खरै