१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

“संविधान मानेर हिंसा छाडे खेल खत्तम, केको प्रतिबन्ध र कार्यकर्ता रिहाइ”



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई सरकारका प्रवक्ता एवम सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संविधान मानेर हिंसा छाडे खेल खत्तम हुने बताएका छन्।

विप्लवले आफ्ना कार्यकर्तालाई रिहा गर्दै आफ्नो समुहलाई प्रतिबन्ध हटाए वार्ता गर्ने सर्त राखेको प्रसंगमा बाँस्कोटाले छदमभेषी कुराका पछि सरकार नलाग्ने प्रतिक्रिया दिए।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले भने, ‘छदमभेषी कुराका पछि सरकार लाग्दैन। जाँतो घुमेजस्तो। संविधान मानेर हिंसा छाडे खेल खत्तम, केको प्रतिबन्ध र कार्यकर्ता रिहाइका कुरा।’

संविधानले दिएको राजनीतिक अधिकारअनुसार विप्लवले हिंसा छाड्ने हो भने प्रतिबन्ध हटाइराख्नु नपर्ने उनले बताए। ‘हिंसा मच्चाउने, विकास र प्रगतिको बाटो अवरूद्ध गर्न चन्दा संकलन अभियान चलाउन खोज्नेजस्ता राष्ट्रघाती कदम भएका छन्।

हामीले धेरै हिंसा देखिसक्यौं। हिंसा छाडेर शान्ति रोजौं,’ उनले भने।