१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको व्यापार-व्यवसायको वातावरणमा उल्लेख्य सुधार



अ+ अ-

काठमाडौं । नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज वासिङटन डिसीमा जारी गरेको ‘डुइङ बिजनेस २०२०’ अध्ययन प्रतिवेदनले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य प्रगति भई भारत र भुटानपछि तेस्रो स्थानमा रहेको जनाएको छ ।

उक्त प्रतिवेनअनुसार प्रगति उन्मुख दक्षिण एशियाली मुलुकहरूको सूचीमा श्रीलङ्का चौथो, पाकिस्तान पाचौँ, मालदिभ्स छैटौँ, बङ्गलादेश सातौँ र अफगानिस्तान अन्तिम स्थानमा छन् । नेपालले विद्युतीय दर्ता प्रणाली, भूमि व्यवस्थापन पद्धति, वाणिज्य न्याय प्रणालीलगायत चार क्षेत्रमा उल्लेख्य सुधार गरेको प्रतिवेदनमा जनाइएको छ ।

नेपाल–भारत सीमाक्षेत्र वीरगञ्जमा एकीकृत जाँच चौकी स्थापनासँगै आयात–निर्यातको लागत र समयमा उल्लेख्य सुधार भएको प्रतिवेदनमा उल्लेख छ ।