५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले संस्थागत सुधार गर्दै पार्टीलाई सुदृढ तुल्याउने अभियान अघि बढिरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ दाङले आज घोराहीमा भएको पत्रकार सम्मेलनमा उहाँले देश र जनहितमा रास्वपाकातर्फबाट भएका गतिविधि जनतालाई सुसूचित गराउन पर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “भर्खरै राजनीतिमा आएकाले हामी सिक्दै छौँ, हामीले गरेका कामको निगरानी होस्, असल कामका लागि मार्ग निर्देशन दिनुस् ।”

मुलुकको भौगोलिक अवस्थालाई विचार गरी आगामी आर्थिक वर्षका लागि सन्तुलित रुपमा बजेट विनियोजन भएको बताउँदै सहमहामन्त्री आचार्यले स्थानीय टरिगाउँ एयरपोर्ट र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नतिको काम भइरहेको बताउनुभयो ।