१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि सार्वजनिक बिदा दिएको हो ।

बिहीबार गृह मन्त्रालयले भाइटीकाको भोलिपल्ट कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नेवार समुदायले किजा पूजाको दिन भाइटीका मनाउने भएकाले त्यसदिन बिदा दिन अनुरोध आइरहेकोमा निर्णय भएको हो । तिथिअनुसार कात्तिक १२ गते भाइटिका छ।

पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कात्तिक १३ गते बिदा दिने निर्णय गरेको थियो।