१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृ’त्यु



अ+ अ-

रोल्पा । तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आज बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृ’त्यु भएको छ ।

रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएको बताउनुभयो । रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको छ । प्रहरीचौकी सातदोबाटोबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको गुरुङले जानकारी दिनुभयो ।
उद्धारपछि घाइतेको उपचार गरिने प्रहरीले बताएको छ । उक्त घटनास्थल निकै जोखिमयुक्त रहे पनि स्थानीयवासीले दशैँ तिहारमा घर रङ्गाउने कमेरो सोही ठाउँबाट खन्दै आएका छन् । दशै तिहारकै मौसममा अघिल्लो वर्ष पनि यहाँ एकजनाको मृत्यु भएको रोल्पा नगरपालिका–३ की सरमा विष्टले जानकारी दिनुभयो ।