५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ



अ+ अ-

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी गरेको छ। शैक्षिक योजना तथा विकास महाशाखा, शिक्षक व्यवस्थापन समन्वय शाखा, सानोठिमी भक्तपुरले आज गरेकाे निर्णयअनुसार सरुवासम्बन्धी प्रक्रिया थप व्यवस्थित र नियमन गर्ने उद्देश्यले स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइहरूलाई परिपत्र गरेको हो।

निर्देशनअनुसार शिक्षक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर–स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न भनिएको छ। यसले नयाँ नियुक्ति प्रक्रिया प्रभावित नहुने गरी आवश्यक दरबन्दी व्यवस्थापन गर्न जोड दिइएको छ।

त्यस्तै, खुद पुल दरबन्दी रहेका (दरबन्दी कटौतीमा परेका) स्थानीय तहका शिक्षक पदमा पनि सरुवा नगर्न स्पष्ट निर्देशन दिइएको छ। यस्तो व्यवस्थाले दरबन्दी सन्तुलन र विद्यालयमा शिक्षक अभाव/अतिरिक्त समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसबाहेक, कार्यसम्पादन मूल्यांकनका आधारमा ७४ प्रतिशत अंक प्राप्त गरी बढुवाका लागि निवेदन दिएका सम्भाव्य उम्मेदवारहरूको हकमा बढुवाको अन्तिम नतिजा नआएसम्म सरुवा सहमति नदिन पनि निर्देशन गरिएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह र सामुदायिक विद्यालयहरूलाई उक्त निर्देशन कार्यान्वयन गर्न अनुरोध गरेको छ।