१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला प्रशासन कार्यालयमा टोकन प्रणाली शुरु



अ+ अ-

झापा । जिल्ला प्रशासन कार्यालय झापाले टोकन प्रणालीबाट सेवाग्राहीलाई आजबाट सेवा प्रदान गर्न थालेको छ । जिल्ला प्रशासनबाट नागरिकलाई दिइने सेवा प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा नागरिक सहायता कक्षको स्थापना गरी टोकनबाट सेवा प्रदान गर्न शुरु गरिएको हो ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय प्रशासन लेखिएको बटम क्लिक गरी टोकन लिएर सेवाको उद्घाटन गर्नुभएको थियो । नगरपालिकाले नगद रु तीन लाखमा खरीद गरेर सो मेसिन जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले नागरिकले जिल्ला प्रशासनमा आएर अलमलमा पर्ने अवस्थाको अन्त्य गर्दै सरल र सहज रुपमा पालैपालो सेवाग्राहीले चाहे अनुसारको फाँटबाट सेवा प्रदान गर्न टोकल प्रणालीको शुरुवात गरेको बताउनुभयो ।

प्रजिअ रानाले नागरिकको सेवा पाउने अधिकारमा बिचौलियाको हाबी बढ्दो रहेकाले अब यस प्रणालीले त्यसको अन्त्य हुने बताउनुभयो । जिल्ला प्रशासनको ढोकामै स्थापना गरिएको नागरिक सहायता कक्षमा पिउने पानीको व्यवस्था समेत गरिएको छ ।

आज टोकन प्रणालीबाट कचनकवल गाउँपालिकाका–७ की कञ्चन सिटौलाले पहिलो सेवा लिनुभएको छ । उहाँ नयाँ नागरिकता बनाउन बुबा डिल्लीप्रसाद खरेलसँग आउनुभएको थियो । उहाँलाई कार्यक्रमका नगरप्रमुख आचार्य, उपप्रमुख मीना उप्रेती, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले खाँदा र अबिरले स्वागत गर्नुभएको थियो ।

पालो पर्खंदा सेवाग्राहीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासनले टेलिभिजन र फ्रि वाइफाइकोसमेत व्यवस्था गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताउनुभयो । उहाँले कार्यालयले गरेका गतिविधिलाई त्रैमासिक रुपमा इ–प्रशासन बुलेटिन निकालेर जानकारी दिन थालिएकोे कार्यक्रममा बताउनुभयो ।