१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसांसद साहले बच्चा घर लगिन्, अस्पतालविरुद्ध १० करोडको मुद्दा



अ+ अ-

काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि पूर्वसांसद गायत्री साहले मेडिसीटि अस्पतालविरुद्ध १० करोड क्षतिपूर्तिको माग गर्दै आफ्नो बच्चा घर लगेकी छन् । डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएपछि साहले अस्पतालको गलत काम भएको भन्दै बच्चा जिम्मा लिन मानेकी थिइनन् ।

पूर्वसांसद साहले २८ असोजमा मुद्दा दायर गर्दै अस्पतालविरुद्ध उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ५० बमोजिम क्षतिपूर्ति माग गरेकी छन् । मुद्दा प्रक्रियामा गइसकेको र पेशीमा चढ्न बाँकी रहेको अदालतले जनाएको छ ।

गएको फागुनमा उक्त अस्पतालमा साहले बच्चालाई जन्म दिएकी थिइन् । बच्चा घर नलगेपछि अस्पतालले उच्च अदालत पाटनमा मुद्दा हालेको थियो ।