१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ विश्व रेन्जर सम्मेलन चितवनमा



अ+ अ-

चितवन । नवौँ विश्व रेन्जर सम्मेलन यही कात्तिक २६ गतेदेखि पाँच दिनसम्म सौराहामा हुने भएको छ । एशियामा नै पहिलोपटक नेपालमा सम्मेलन हुन लागेको हो । सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन÷तीन वर्षमा हुँदै आएको छ ।

यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सरकारले नवौँ सम्मेलन सम्पन्न गर्न वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ । समितिका सदस्य एवं वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार सम्मेलनमा ७० भन्दा बढी देशबाट करीब ५०० विदेशी सहभागी हुँदैछन् भने नेपालका १०० हाराहारीले सहभागिता जनाउने छन् ।

वन, वन्यजन्तु र वातावरणका क्षेत्रमा काम गर्ने विज्ञहरु सम्मेलनमा सहभागी हुँदै छन् । थपलियाका अनुसार सम्मेलनमा वन, वन्यजन्तु र वातावरणका क्षेत्रमा भएका उपलब्धि र चुनौतीहरुका विषयको आदानप्रदान हुनेछ ।

नेपालले वन्यजन्तु संरक्षणमा प्राप्त गरेको उपलब्धिलाई सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । मुख्य रुपमा शून्य चोरी शिकारमा समुदायको सहभागिताका बारेमा नेपालले आफ्नो प्रस्तुतीकरणमा समावेश गर्ने जनाइएको छ ।

सम्मेलनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । थपलियाका अनुसार सहभागीहरुको प्रवेषाज्ञा, आवास, कार्यपत्रलगायतको तयारीको काम भइरहेको छ ।