२ असार २०८३, मंगलवार
,
Latest
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत अर्थ मन्त्रालयको पुनर्संरचना र एमसीसीको बजेट कटौती गर्न सांसद तामाङको माग मन्त्री अनुपस्थितिको विषय उठेपछि प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित अर्थ मन्त्रालयले बजेट थुपारेर राखेको भन्दै एमाले सांसद कँडेलद्वारा विनियोजन प्रणालीमाथि प्रश्न बजेटले जनअपेक्षा सम्बोधन गर्न सकेन, करका दर र अर्थमन्त्रीको कार्यशैलीमाथि संसदीय छानबिन हुनुपर्छः मुख्य सचेतक… अदालतमा सार्वजनिक चासोका मुद्दाः नक्कली भूटानी शरणार्थी प्रकरणमा फैसला नजिक, भट्ट–अग्रवालको थुनछेक बहस नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णय अव्यहारिक : रास्वपा सांसद कार्की विनियोजन विधेयकमाथि छलफल जारीः खर्च कटौतीका प्रस्ताव प्रस्तुत सरकारले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनका लागि प्राथमिकता नदिनु अत्यन्तै दुःखद् छः रमेश मल्ल संयुक्त राष्ट्रसङ्घद्वारा अमेरिका–इरान सम्झौताको स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेक विवादमा पक्राउ परेका सेफ सन्तोष साह हाजिरी रिहा



अ+ अ-

काठमाडाैँ । नेपाली परिकारलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएका चर्चित सेफ सन्तोष साह ठगीसम्बन्धी विवादमा पक्राउ परेपछि हाजिरी जमानीमा रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गैरीधारास्थित रेस्टुरेन्ट खरिद–बिक्रीसँग जोडिएको आर्थिक विवादमा पीडित पक्षले दाबी गरेको ४ लाख ५० हजार रुपैयाँ बुझाएपछि साह सोमबार साँझ रिहा भएका हुन्।

प्रहरीका अनुसार साहविरुद्ध रकम नभएको बैंक खाताको चेक दिएको आरोपमा उजुरी परेको थियो। सोही विषयमा पीडित शकुन्तला अधिकारी थापाले यसअघि २५ लाख रुपैयाँको चेक अनादर मुद्दा दायर गरेकी थिइन्। उक्त मुद्दामा अदालतले साहलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो भराउने, १ महिना कैद र १ लाख २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइसकेको छ।

फैसला सुनाइँदा अदालतमा उपस्थित नभएका साहलाई पछिल्लो उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार जनकपुरबाट पक्राउ गरेको थियो। त्यसयता प्रहरी हिरासतमा रहेका उनी पीडितलाई दाबी गरिएको रकम उपलब्ध गराएपछि रिहा भएका हुन्।




न्यूजपोलारबाट थप समाचार
भर्खरै