२ असार २०८३, मंगलवार
,
Latest
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत अर्थ मन्त्रालयको पुनर्संरचना र एमसीसीको बजेट कटौती गर्न सांसद तामाङको माग मन्त्री अनुपस्थितिको विषय उठेपछि प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित अर्थ मन्त्रालयले बजेट थुपारेर राखेको भन्दै एमाले सांसद कँडेलद्वारा विनियोजन प्रणालीमाथि प्रश्न बजेटले जनअपेक्षा सम्बोधन गर्न सकेन, करका दर र अर्थमन्त्रीको कार्यशैलीमाथि संसदीय छानबिन हुनुपर्छः मुख्य सचेतक… अदालतमा सार्वजनिक चासोका मुद्दाः नक्कली भूटानी शरणार्थी प्रकरणमा फैसला नजिक, भट्ट–अग्रवालको थुनछेक बहस नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णय अव्यहारिक : रास्वपा सांसद कार्की विनियोजन विधेयकमाथि छलफल जारीः खर्च कटौतीका प्रस्ताव प्रस्तुत सरकारले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनका लागि प्राथमिकता नदिनु अत्यन्तै दुःखद् छः रमेश मल्ल संयुक्त राष्ट्रसङ्घद्वारा अमेरिका–इरान सम्झौताको स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषादीयुक्त भारतीय आँपभन्दा स्वदेशी आँप उपभोग गर्न उपभोक्ता मञ्चका अध्यक्ष महर्जनकाे आग्रह



अ+ अ-

काठमाडौं । अत्यधिक विषादी प्रयोग भएको भन्दै सरकारले भारतीय आँपको पैठारीमा रोक लगाएको विषयलाई समर्थन गर्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले स्वदेशी आँप उपभोग गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महर्जनले विषादीयुक्त आँप खानुभन्दा नखानु नै राम्रो हुने र खाने भए स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले नेपाल आँप उत्पादनमा करिब ९० प्रतिशत आत्मनिर्भर रहेको कृषि विभागको तथ्यांक उल्लेख गर्दै स्वदेशी उत्पादनले अधिकांश माग धानिरहेको बताएका छन्।

महर्जनका अनुसार फलफूलको राजा मानिने आँप व्यावसायिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण बाली हो। नेपालमा वार्षिक करिब ४ लाख ५० हजारदेखि ५ लाख मेट्रिक टनसम्म आँप उत्पादन हुने गरेको छ, जसबाट देशको करिब ९० प्रतिशत माग पूर्ति भइरहेको छ।

कुल फलफूल खेती हुने क्षेत्रफलमध्ये करिब ३२ देखि ३५ प्रतिशत हिस्सा आँप खेतीले ओगटेको छ। उत्पादनको अधिकांश हिस्सा मधेश प्रदेशमा हुने गरेको छ। नेपालमा मालदह, दशहरी, आम्रपाली, बम्बई र कल्कत्तिया जातका आँप उत्पादन हुने भए पनि मालदह जातले बजारको करिब ९० प्रतिशत हिस्सा ओगटेको छ।

उनले नेपालका २४ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा आँप खेती भइरहेको जानकारी दिँदै सिराहा र सप्तरीलाई प्रमुख उत्पादन क्षेत्रका रूपमा उल्लेख गरेका छन्। यसबाहेक धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, दाङ, बाँके, बर्दिया र कैलालीमा पनि उल्लेख्य उत्पादन हुने गरेको उनले बताएका छन्।

महर्जनका अनुसार काठमाडौं उपत्यकामा मात्रै आँपको सिजनमा दैनिक करिब १०० टन आँप खपत हुने गर्छ।

नेपालमा पर्याप्त मात्रामा स्वदेशी उत्पादन उपलब्ध भइरहेका बेला विषादीयुक्त भारतीय आँपको आयातमा रोक लगाउने सरकारी निर्णय उचित रहेको उनको भनाइ छ। उनले उपभोक्तालाई स्वदेशी आँप खरिद गरी स्थानीय किसानको उत्पादनलाई प्रोत्साहन गर्न पनि आग्रह गरेका छन्।




न्यूजपोलारबाट थप समाचार
भर्खरै