२ असार २०८३, मंगलवार
,
Latest
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत अर्थ मन्त्रालयको पुनर्संरचना र एमसीसीको बजेट कटौती गर्न सांसद तामाङको माग मन्त्री अनुपस्थितिको विषय उठेपछि प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित अर्थ मन्त्रालयले बजेट थुपारेर राखेको भन्दै एमाले सांसद कँडेलद्वारा विनियोजन प्रणालीमाथि प्रश्न बजेटले जनअपेक्षा सम्बोधन गर्न सकेन, करका दर र अर्थमन्त्रीको कार्यशैलीमाथि संसदीय छानबिन हुनुपर्छः मुख्य सचेतक… अदालतमा सार्वजनिक चासोका मुद्दाः नक्कली भूटानी शरणार्थी प्रकरणमा फैसला नजिक, भट्ट–अग्रवालको थुनछेक बहस नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णय अव्यहारिक : रास्वपा सांसद कार्की विनियोजन विधेयकमाथि छलफल जारीः खर्च कटौतीका प्रस्ताव प्रस्तुत सरकारले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनका लागि प्राथमिकता नदिनु अत्यन्तै दुःखद् छः रमेश मल्ल संयुक्त राष्ट्रसङ्घद्वारा अमेरिका–इरान सम्झौताको स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपा सांसद लामाको माग



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले प्रधानमन्त्रीले प्रतिनिधि सभामा व्यक्त गरेको अभिव्यक्ति राष्ट्रको हित विपरीत रहेको दाबी गर्दै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको छ ।

मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लामाले प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट दिएको पछिल्लो अभिव्यक्तिले देशको हित नगर्ने जिकिर गर्नुभयो । प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको सीमाना मिचेको छ भनी व्यक्त गर्नुभएको धारणाको सन्दर्भ उल्लेख गर्दै उनले उक्त अभिव्यक्ति त्रुटिपूर्ण रहेको र त्यसलाई सच्याउनुपर्ने माग राख्नुभयो ।

सांसद लामाले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले सदनको रोष्ट्रमबाट व्यक्त गर्नुभएको अभिव्यक्ति देशको अहित र विरुद्धमा छ । सो अभिव्यक्तिलाई सदनमा आएर सच्याउन म आग्रह गर्दछु । साथै, उक्त भनाइलाई सदनको अभिलेख (रेकर्ड) बाट तत्काल हटाइयोस् भन्ने जोडदार माग गर्दछु ।’

सांसद लामाले राष्ट्रिय सार्वभौमिकता र भूमिसँग जोडिएका विषयमा प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले विवादास्पद अभिव्यक्ति दिन नहुने भन्दै उक्त विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै