२ असार २०८३, मंगलवार
,
Latest
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत अर्थ मन्त्रालयको पुनर्संरचना र एमसीसीको बजेट कटौती गर्न सांसद तामाङको माग मन्त्री अनुपस्थितिको विषय उठेपछि प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित अर्थ मन्त्रालयले बजेट थुपारेर राखेको भन्दै एमाले सांसद कँडेलद्वारा विनियोजन प्रणालीमाथि प्रश्न बजेटले जनअपेक्षा सम्बोधन गर्न सकेन, करका दर र अर्थमन्त्रीको कार्यशैलीमाथि संसदीय छानबिन हुनुपर्छः मुख्य सचेतक… अदालतमा सार्वजनिक चासोका मुद्दाः नक्कली भूटानी शरणार्थी प्रकरणमा फैसला नजिक, भट्ट–अग्रवालको थुनछेक बहस नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णय अव्यहारिक : रास्वपा सांसद कार्की विनियोजन विधेयकमाथि छलफल जारीः खर्च कटौतीका प्रस्ताव प्रस्तुत सरकारले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनका लागि प्राथमिकता नदिनु अत्यन्तै दुःखद् छः रमेश मल्ल संयुक्त राष्ट्रसङ्घद्वारा अमेरिका–इरान सम्झौताको स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा धेरै मेहनत र लगानी बढाउनुपर्ने हुन्छः गुरुप्रसाद बराल



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा धेरै मेहनत र लगानी गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार संघीय संसद प्रतिनिधि सभा बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि समूहिकृत छलफलमा भाग लिँदै उहाँले उक्त आवश्यक्ता औल्याउनु भएको हो ।

सांसद बरालले चीन, भारत, जापान लगायतका एशीयाली मुलुकहरुले विकासको काममा सबैलाई चकित पार्नुको पछाडि उनीहरुले विज्ञान र प्रविधिको क्षेत्रमा गरेको मेहनत र लगानी नै भएको हुनाले नेपालले पनि त्यो कुरालाई सिकेर अघि बढनुपर्ने स्पष्ट पार्नु भयो । राष्ट्रहरुले आर्थिक उन्नति, सामाजिक उन्नति र पूर्वाधारको विकासको क्षेत्रमा अत्यन्तै धेरै प्रगति हुनुमा विज्ञान र प्रविधि क्षेत्रमा गरिएको लगानी नै रहेको सांसद बरालको निष्कर्ष थियो ।

उहाँले भन्नुभयो,‘विज्ञान र प्रविधिको क्षेत्रमा लगानी गर्ने राष्ट्रहरुले आर्थिक उन्नति, सामाजिक उन्नति र पूर्वाधारको विकासको क्षेत्रमा अत्यन्तै धेरै प्रगति गरेका छन सभामुख महोदय । यही नजिकै एशियाको मात्रै सन्दर्भ हेर्ने हो भने चीन, जापान, भारत, थाइल्याण्ड, इन्डोनेशिया र दक्षिण कोरियाले यही विज्ञान र प्रविधिमा लगानी गरेर आज संसारलाई चकित पार्ने आफ्ना आफना हैसियतका आर्थिक प्रगति हासिल गरेका छन् सभामुख महोदय । यसको भएको हुनाले विज्ञान र प्रविधि भनेको सबै ज्ञानको आधार हो । त्यसकारण यो क्षेत्रमा अत्यन्तै धेरै मेहनत र लगानी गर्नुपर्ने आवश्यक्ता छ सभामुख महोदय ।’

सांसद बरालले सरकारले विज्ञान र प्रविधिको क्षेत्रका लागि आवश्यक जनशक्ति निर्माणमा पनि विशेष योजना ल्याउन आवश्यक रहेको बताउनु भयो । –




न्यूजपोलारबाट थप समाचार
भर्खरै