१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ नागरिकको सहयोग



अ+ अ-

चितवन । मित्रराष्ट्र चीनका नागरिक चाङ र उहाँको परिवारले भरतपुर महानगरपालिका–२६ स्थित अतिविपन्न १०० घरपरिवारलाई लत्ताकपडा खाद्यान्न तथा नगद सहयोग गरेको छ । प्रतिघर परिवार रु १० हजारको हाराहारीमा सहयोग गरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार साँझ एक कार्यक्रमका बीच खाद्यान्न नगद तथा लत्ताकपडा विपन्न परिवारलाई वितरण गर्नुभएको थियो । सो अवसरमा उहाँले सहयोगी दाता चाङ र उहाँको परिवारलाई धन्यवाद दिदैं आउँदै गरेको तिहारलाई उल्लासमय बनाउन राहत पाउनेहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिका–२६ का अध्यक्ष ज्ञानप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चामल, जिरा मसला, घ्यू, साबुन, चिउरा ब्ल्याङ्केट र प्रतिपरिवार नगद रु तीन हजार गरी रु १० हजार बराबरको राहत सामग्री वितरण गरिएको चाङका नेपाली मित्र सुरेशचन्द्र अधिकारीले बताउनुभयो ।