५ असार २०८३, शुक्रबार
,
Latest
मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको आत्म समीक्षा र पुनर्गठन अभियानलाई नेता पोखरेलले दिए शुभकामना



Ishwor Pokharel
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) लाई नयाँ स्तरमा सुदृढ र व्यवस्थित गर्ने उद्देश्यसहित सुरु गरिएको ‘आत्म समीक्षा र पुनर्गठन’ अभियानप्रति पार्टी नेता ईश्वर पोखरेलले सफलताको कामना व्यक्त  गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले यो अभियानप्रति पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै जुनसुकै बाधा–व्यवधान आए पनि तथा विभिन्न आरोप–लाञ्छना भए पनि पार्टी पंक्ति र आम जनअपेक्षा अनुसार अभियान सफलतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

उनले उक्त अभियानलाई पार्टी संगठनलाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने महत्वपूर्ण प्रयासका रूपमा लिएको उल्लेख गरेका छन्।

यसैबीच, पारिवारिक कारणले आफू केही समय विशेष व्यस्त हुनुपरेको पनि उनले जनाएका छन्। आफ्नी जीवनसंगिनी मिराजीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको र उपचारको सिलसिलामा व्यस्त रहनुपर्ने भएकाले अभियानमा प्रत्यक्ष रूपमा सहभागी हुन असमर्थ रहेको उनले स्पष्ट पारेका छन्।

पोखरेलले अभियानमा संलग्न सबै नेता तथा कार्यकर्तालाई निरन्तर सक्रियताका साथ अघि बढ्न समेत आग्रह गरेका छन्।