१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा शव जलाउनेलाई एउटा शवको एक हजार पाँच सय



अ+ अ-

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सेवासुविधा वृद्धि गरेपछि आर्यघाटमा शवदाह गर्ने कामदारहरूले आन्दोलन फिर्ता लिएका छन्। बुधबार बिहानदेखी सेवा, सुविधा वृद्धिको माग राख्दै कामदारले शव जलाउन, दाउरा ओसार्न र खाल्डो खन्ने काम ठप्प पारेका थिए।

आन्दोलनरत कामदार र कोषबीच भएको वार्तामा सेवा सुविधा वृद्धि गर्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको हो।

‘एउटा शव जलाएबापत कामदारले एक हजार दुई सय रुपैयाँ पाउँदै आएका थिए। तीन सय रुपैयाँ वृद्धि गरेर एक हजार पाँच सय रुपैयाँ पुर्‍याइएको छ,’ ढकालले भने, ‘अवकाश हुँदा उपदानबापत एक लाख ५० हजार रुपैयाँ पाउने गरेका कामदारले अबदेखि पाँच लाख रुपैयाँ पाउनेछन्।

‘उहाँहरूको मुख्य माग अवकाश हुँदा पाउने रकम दस लाख रुपैयाँ पुर्यानुपर्छ भन्ने थियो,’ उनले भने, ‘हामीले पाँच लाख रुपैयाँ पुर्याएका छौं।’ कोषले आठ वर्षपछि कामदारको सेवा सुविधा बृद्धि गरेको हो।

मंगलबार साँझदेखि कामदारहरूले सूचना र कालो ब्यानर टाँसेर माग पूरा नभए बुधबार बिहानदेखि अनिश्चितकालीन काम ठप्प गर्ने बताएका थिए।