२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

“वर्तमान सरकारले असफल हुदैन”



अ+ अ-

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य छविलाल विश्वकर्माले वर्तमान सरकारले राम्रा काम गर्दै गएकाले अ-सफल नहुने बताउनुभएको छ । नेकपा रुपन्देही तिलोत्तमा वडा नम्बर ७ शाखा कमिटीले विजयादशमी, दीपावली, छठ र नेपाल संवत्का अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीले स्थानीय, प्रदेश र सङ्घ तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको भन्दै उहाँले आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढङ्गले परिचालित गर्ने योजना बनाएको बताउनुभयो ।

उहाँले कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएकाले केही पनि गर्न सकेन भनेर आलोचना गर्नु कुनै अर्थ नभएको समेत बताउनुभयो । स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको र आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढङ्गले परिचालित गर्ने योजना पार्टीले बनाएको पनि नेता विश्वकर्माको भनाइ छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य दधिराम न्यौपानेले सरकारको सफलताबाट आत्तिएकाले आलोचनामा समय खर्च गरिरहेको बताउनुभयो । नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टी एकीकरणपछि कार्यकर्ता पङ्क्तिमा उत्साह थपिएको उल्लेख गर्दै स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले गरेका काम कारवाहीलाई जनतामाझ लैजानुपर्नेमा जोड दिनुभयो ।