५ असार २०८३, शुक्रबार
,
Latest
स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाले ‘राष्ट्र ऋण उठाउन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उक्त प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनुभएका विषयको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा मौजुदा आर्थिक सामथ्र्यका आधारमा ऋण लिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले अर्थतन्त्रको आकारको अनुपातमा ऋण भारको तुलना गर्नुपर्नेमा जोड दिँदै पुरानो ऋण रु ३० खर्ब रहेको सभालाई जानकारी गराउनुभयो ।

अर्थमन्त्री डा वाग्लेले आर्थिक अनुशासनभित्र रही बजेट ल्याएको बताउँदै भन्नुभयो, “तुलनात्मक रूपमा ऋण पनि थपिएन र बजेट पनि सन्तुलित आकारको छ ।

आन्तरिक राजस्व उठाएर बजेट कार्यान्वयन गर्छौँ ।” उक्त प्रस्तावमाथि सांसदहरु आर्यन राई, परशुराम तामाङ, कृष्णहरि बुढाथोकी, हर्कराज राई, गुरुप्रसाद बराल, पारसमणि गेलाल, बदनकुमार भण्डारी, दीपककुमार साह (सुनसरी), हरिमोहन भण्डारी, ज्ञानु पौड्याल, सूर्यबहादुर तामाङले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।




भर्खरै