५ असार २०८३, शुक्रबार
,
Latest
एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले द्वन्द्वका समयमा यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गर्न राज्य संयन्त्रबाट आवश्यक पहल भइरहेको बताउनुभएको छ ।

‘स्वन्याय, सामाजिक न्याय र कानुनी न्यायका लागि हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजित ‘लोकतान्त्रिक राज्यमा सर्भाइभरको पहिचान’ विषयक संवादमा उहाँले द्वन्द्वका समयमा यौन हिंसामा परेका महिलाको न्यायका लागि राज्य गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । अधिवक्ता खिमलाल देवकोटा र पूर्वसचिव उदय सापकोटाले द्वन्द्वका क्रममा यौन हिंसामा परेका महिलाको न्यायका लागि विगतमा विभिन्न प्रयास भए पनि केही महत्त्वपूर्ण काम भने अझै बाँकी रहेको बताउनुभयो ।

अपराजित फाउन्डेसनकी सल्लाहकार देवी खड्काले द्वन्द्वका क्रममा यौन हिंसामा परेका धेरै महिलाले अझैसम्म उचित न्याय पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “द्वन्द्वका समयमा धेरै महिला यौन हिंसाको सिकार भएका छन् । उनीहरूको न्यायका लागि विभिन्न निकायमा आवाज उठाउँदै आएका छौँ, तर अझै त्यसको सम्बोधन हुनसकेको छैन ।”

द्वन्द्वका समयमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवसको अवसर पारेर अपराजित फाउन्डेसन ललितपुरले आज काठमाडौँमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागी महिलाले द्वन्द्वका समयमा यौन हिंसामा परेका महिलाले कानुनी न्याय पाउन नसकेको भन्दै सरकारले उनीहरूको न्यायका लागि प्रभावकारी कदम चाल्नुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा देशका विभिन्न स्थानबाट द्वन्द्वका समयमा यौन हिंसामा परेका महिला तथा सरोकारवालाको सहभागिता थियो ।