२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कात्तिक महिनाको ५ गत्ते आज यी राशिहरुको चम्किने भाग्य र भविष्य



अ+ अ-

वि.सं. २०७६ कात्तिक ५। मंगलबार। इ.स.२०१९ अक्टोबर २२।ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। नवमी, २३ः२४ उप्रान्त दशमी।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ): अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ): आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन्। अरूका काममा समय बित्न सक्छ। काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला। आशा देखाउनेहरूले धोका दिनेछन्। प्रयत्न गर्दा केही काम बन्नेछन्। अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। तर खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्नेछन्। अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ): दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ): नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। हिसाबकिताबमा होसियार रहनुहोला। व्यावसायिक कामलाई निरन्तरता दिन सकिनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ): परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। गोपनीयता बाहिरिए पनि मिहिनेत गर्दा केही काम बन्नेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम गर्न सकिनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ): घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिनेछ, नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुविधा जुटाउन सकिनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ): चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ):कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। नेपाली पात्रो