५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले गएको वैशाख १ गतेदेखि आज असार ५ गतेसम्मको अवधिमा दुई हजार २११ वटा विपद्का घटनामा परेर १०५ जनाको मृत्यु भएको र ६०५ जना घाइते भएका जानकारी दिनुभयो ।

प्राधिकरणले आज सार्वजनिक गरेको अद्यावधिक विवरणमा उक्त अवधिमा तीन हजार ९२ घर प्रभावित भएको जनाइएको छ । प्राधिकरणले सबैभन्दा बढी लेक लागेर २१ जनाको मृत्यु भएको छ । त्यसपछि आगलागीबाट १६ जना र सर्पदंश तथा चट्याङबाट १४–१४ जनाको मृत्यु भएको छ ।

यस्तै हुरीबतासबाट १३, जनावरको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । अन्यमा बाढी, भारी वर्षा, डुङ्गा पल्टिएर, वन डढेलो र हिउँ पहिरोमा परेर मानिसले ज्यान गुमाएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणमा यो अवधिमा सबैभन्दा बढी ७३६ वटा आगलागीका घटना भएका छन् । त्यसपछि हुरीबतासका ४५२, सर्पदंशका २६९, चट्याङका १६०, जनावरको आक्रमणका ११४, पहिरोका १२७ र वन डढेलोका १७९ घटना भएका छन् ।

प्राधिकरणले पछिल्लो २४ घण्टामा मात्रै २६ जिल्लमा ३१ वटा विपद्का घटना भएको र ती घटनामा परेर चार जना घाइते भएका जानकारी दिनुभयो । रासस