१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

“कुरा गर्ने मान्छे कुरा गरिरहन्छन्, सरकारले काम गरिरहेको छ”



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुरा गर्ने मान्छे कुरा गरिरहन्छन्, सरकारले काम गरिरहेको बताएका छन् । नागढुंगा-सिस्नेखोला सुरूङमार्ग शिलान्यास गर्दै सोमबार प्रधानमन्त्री ओलीले भने, ‘सरकार चौतर्फी रूपमा विकासका काम गरिराखेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि नयाँ उचाइमा उठेकोमा नेपालीलाई बधाई दिदैे, उनले भने, ‘टोखा छहरे, बेत्रावेंशी स्याप्रुवेंशी, नागढुंगा सिस्नेखोलामा सुरूङमार्ग बन्दैछ,’ उनले भने, ‘थानकोटदेखि छेडेर चित्लाङसम्म पनि सुरूङ खन्छौं। पाँच मिनेटमै पुगिने गरी बाटो बनाउँछौं।’

उनले फास्ट ट्रयाक सडक निर्माण तीव्र गतिमा निर्माण भइरहेको र पूर्वपश्चिम हुलाकी राजमार्ग लगभग निर्माण सकिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘एक लेनको सडक बनाउन छाडियो। चार, छ लेनको सडक बनाउन थालिएको छ। यो वर्ष १६ सय किलोमिटर सडक कालोपत्रे गरियो। दुई सय ४३ वटा पुल निर्माण भए,’ उनले भने, ‘इतिहासमा यति धेरै बाटो कहिल्यै बनेको थिएन। यसरी बाटो बन्ने हो भने समस्या हुँदैन।’

प्रधानमन्त्री ओलीले कोसी र गण्डकीमा पानीजहाज चलाउनका लागि अध्ययन गरिराखेको पनि बताए।