२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह गर्न नपाएको भन्दै प्रहरीले दिए पदबाटै राजीनामा



अ+ अ-

काठमाडौं । हामीले सुन्दै र देख्दै आएको छौँ कि, प्रहरीहरू हमेशा सर्व साधारणको सुरक्षाका लागि खटिरहेका हुन्छन् । जसकारण प्राय जसो मानिसहरूले प्रहरीलाई मन पराउने गर्छन् ।

तर प्रहरी बनेका व्यक्तिहरूले भने आफूले पाउनु पर्ने अधिकार नपाएका कारण वा आफूभन्दा माथिकाले हेर्पेकै कारण पनि आफ्नो प्रहरीको जागिर राजीनामा दिने गर्छन् । तर भारतमा एक प्रहरीले दिएको राजीनामाको कारण भने निकै रोचक छ । हैदरावाद प्रहरीमा कार्यरत २९ वर्षीय सिद्धान्ती प्रताप नामका प्रहरी जवानले बिहे गर्न समेत छुट्टी नपाएको भन्दै आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनी बिहेको तयारीमा थिए । तर, बेहुलीका बाबुआमाले बेहुलाको ड्युटी चौबिस घण्टा भएको भन्दै परिवारलाई समय दिन नसक्ने केटालाई छोरी नदिने बताउँदै विवाह तोडे । विवाह गर्न तयारीमा रहँदा पनि आफ्नो जागिरको कारण केटी नपाएको भन्दै उनले आफ्नो पदबाट राजीनामा दिए ।

हैदरावाद पुलिसका आयुक्तलाई पत्र लेख्दै उनले चौबीसै घण्टा ड्युटीमा खटिनु पर्ने र साप्ताहिक बिदा समेत नपाएको भन्दै राजीनामा दिएको बताएका छन् ।