२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनको तयारीमा जुट्यो राप्रपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख तथा पदाधिकारीको संयुक्त बैठकले विभाग र समितिहरुलाई १५ दिनभित्र पूर्णता दिन र कार्ययोजना यथाशीघ्र तयार गर्न निर्देशन दिएको पार्टीले जनाएको छ । बैठकमा विभागीय प्रमुखले आ–आफ्नो विभागको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न हुन बाँकी रहेका जिल्लामा तिहारको लगत्तै यात्रा प्रारम्भ गर्ने निर्णय गरिएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सबै प्रदेशमा सङ्गठन सुदृढीकरणका लागि छिट्टै प्रशिक्षण तथा कार्यकर्ता भेला गर्ने केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।