२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनतातो पानी पिउँदा हुन्छ फाईदै फाइदा, मनतातो पानी कसरी पिउने ?



अ+ अ-

काठमाडौं । मनतातो पानी पिउँदा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । तर, हामी नबुझेर सिधै चिसो पानी पिउने गर्छैं । मनतातो पानीको कसरी पिउने भन्नेबारेमा जानकारी प्रस्तुत गरेका छौं । उमालेको पानी शुद्ध हुन्छ र शरीरको पाचन प्रणाली नियमित बनाउन सघाउँछ । बिहान उठ्नेबित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्त्व पिसाबसँगै बाहिर जान्छ ।

शरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदि तपाइँले दिनहुँ बिहान कम्तीमा एक गिलास तातो पानी पिउनु भयो भने कब्जियतको समस्या टाढा हुन्छ ।बिहान र खानापछि हरेकपटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउँदा मोटोपना नियन्त्रणमा सघाउ पुग्छ ।

घाँटी दुखेको वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा ह’न्छ । तातो पानीमा न’न मिसाएर पिउँदा अझ लाभदायी हुन्छ । तातो पानी पिउँदा शरीरको ताप बढ्छ । शरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना निस्केपछि तापक्रम घट्छ र शीतल हुन्छ । पसिनाले शरीरमा बढी भएको नुन बाहिर निकाल्छ र रगतको शुद्धीकरणमा सहयोग पर्याउँछ । प्रायः महिला महिनावारीका समयमा पेट दुखाइबाट पीडित हुन्छन् । यस्तो वेला तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा दुखाइ कम हुन्छ । यसो गर्दा टाउको तथा पेटको दुखाइ पनि कम हुन्छ ।