२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली अजरबैजानको बाकु जाने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक ८ गते अजरबैजानको राजधानी बाकु जाने भएका छन्। कात्तिक ८ र ९ गते बाकुमा हुने असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन जाने भएका छन्।

सम्मेलनमा प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी पनि सहभागी हुनेछन्।

प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई कात्तिक ९ गते सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका सरकार र राष्ट्र प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रधानमन्त्री ओली कात्तिक १० गते बिहान नेपाल आइपुग्नेछन्।