९ असार २०८३, मंगलवार
,
Latest
एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले सार्वजनिक जीवनमा रहेका विभिन्न राजनीतिक तथा सार्वजनिक व्यक्तिहरूको सम्पत्ति छानबिनमा समान मापदण्ड अपनाउनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले ३५ वर्षभन्दा बढी सार्वजनिक जीवनमा रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेलको सम्पत्तिमाथि छानबिन हुन सक्ने हो भने ३५–३६ वर्षको उमेरमै उल्लेख्य सम्पत्ति आर्जन गरेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) तथा गृहमन्त्री सुधन गुरुङ लगायतका व्यक्तिहरूको सम्पत्तिबारे पनि समान रूपमा छानबिन हुनुपर्ने बताएका हुन्।

बस्नेतले छानबिनको मापदण्ड व्यक्ति, पार्टी वा राजनीतिक निकटताका आधारमा फरक हुन नहुनेमा जोड दिएका छन्। उनका अनुसार जनताले कसैलाई दोषी वा निर्दोष ठहर गर्न होइन, बरु सम्पत्ति आर्जनको स्रोतसहित तथ्य सार्वजनिक गर्न माग गरिरहेको उल्लेख छ।

उनले पूर्व न्यायाधीश राजेन्द्रप्रसाद भण्डारीको अध्यक्षतामा गठन गरिएको सम्पत्ति छानबिन आयोगको प्रतिवेदनबारे पनि टिप्पणी गर्दै, केही विषयहरू सार्वजनिक नगरिएको र प्रक्रिया अपारदर्शी देखिएको दाबी गरेका छन्। साथै, निष्पक्ष छानबिन र पूर्ण पारदर्शितामार्फत मात्र राज्यका निकायप्रति जनविश्वास कायम हुने उनको भनाइ छ।

बस्नेतको यो अभिव्यक्ति पछिल्ला राजनीतिक बहस र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति पारदर्शिताबारे जारी चर्चासँग जोडिएको छ।