९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु



अ+ अ-

गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकअन्तर्गत मन्त्रालयत शीर्षकमाथिको छलफल सुरु भएको छ ।

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले गत शुक्रबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आगामी आवको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सामान्य छलफल सोमबार सकिएपछि मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल सुरु भएको हो ।

उद्योग तथा पर्यटन मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा छलफल सुरु भएको प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले बताउनुभयो ।

आजको छलफलमा प्रदेशसभा सदस्य महेश भट्टराई, देवका पहाडी त्रिपाठी, कुसुम पुन बुढा, बिन्दु पौडेल, श्यामराजा महतलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

छलफलमा भाग लिनुहुने प्रदेशसभा सदस्यहरूले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो । दुरगामी प्रभाव पार्ने र नागरिकको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रम तथा योजनालाई प्राथमिकतामा दिनुपर्ने उहाँहरूको भनाइ थियो ।

गण्डकी प्रदेश सरकारले यही असार १ गते रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको थियो । विनियोजन विधेयकमाथि प्रदेशसभामा छलफल जारी छ । प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । रासस