२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाद्वारा मोहम्मद अफताब आलमको बचाउ, पुरानाे मुद्दा ब्युँताउन खाेजियाे



अ+ अ-

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आलमको बचाउ गरेका छन् । पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै देउवा सरकारविरुद्ध आक्रामक बनेका हुन् ।

‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले भने, ‘त्यतिबेला के हेरेर बसेको ?’
कांग्रेसबाट निर्वाचित स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षका लागि आयोजना गरिएको दुईदिने प्रशिक्षणमा देउवाले राम्रो काम गरेर देखाउन जनप्रतिनिधिहरूलाई निर्देशन दिए । ‘कम्युनिस्ट र कांग्रेस फरक छन् भन्ने कुरा जनताको मन जितेरै देखाउनुपर्छ,’ स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिँदै देउवाले भने, ‘आगामी निर्वाचनमा पार्टीले जित्ने गरी काम गरेर देखाउनुहोस् ।’
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत आलमको घटनालाई कांग्रेसविरुद्धको षड्यन्त्रका रूपमा लिए । सञ्चारमाध्यमसमेत कांग्रेसीविरुद्ध लागिपरेको उनको आरोप थियो । ‘पत्रपत्रिकालगायत सञ्चारमाध्यमसमेत कांग्रेसविरुद्ध लागेका छन्, आलमविरुद्ध आएको समाचार यसको नमुना हो,’ सिटौलाले भने । कान्तिपुर दैनिकमा खबर छ ।