८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस निर्वाचनः हृदयराम थानी पराजित, राजीव विक्रम शाह विजयी



अ+ अ-

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत भएको निर्वाचनबाट केन्द्रीय सदस्य कर्णाली प्रदेश (खुला) दुई पदमा राजीव विक्रम शाह (२,८२०) र कर्णबहादुर बुढा (२,२००) मत मतका साथ निर्वाचित हुनुभएको छ ।

सो पदका निकटतम प्रतिस्पर्धी उम्मेदवार हृदयराम थानी भने एक मतले मात्र पराजित हुनुभएको छ । थानीले (२,१९९) मत प्राप्त गर्नुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सो पदका अन्य उम्मेदवार दीनबन्धु श्रेष्ठले (१,५४६) र नारायणप्रसाद भट्टराईले (३६०) मत प्राप्त गर्नुभएको छ ।

यसैगरी केन्द्रीय सदस्य कर्णाली प्रदेश (महिला) एक पदमा जानकी सिंह (२,६२४) मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका एक मात्र प्रतिस्पर्धी उम्मेदवार मैना कार्की रावलले (१,९५५) मत प्राप्त गर्नुभएको समितिले जनाएको छ ।