२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्टभन्दा राम्रो काम गर्नुस् : सभापति देउवा



अ+ अ-

काठमाडौं । नेपाली काग्रेस पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा चुनाव जितेका प्रमुख/उपप्रमुखलाई सभापति शेरबहादुर देउवाले कम्युनिष्टले भन्दा राम्रो काम गर्न निर्देशन दिएका छन्।

भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार सुरू गरेको कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले भने, ‘हामीले चुनाव जितेका ठाउँमा कम्युनिष्टले भन्दा राम्रो काम गरेर देखाउनुपर्छ। कामबाट नै कम्युनिष्टभन्दा हामी फरक हो भन्ने देखाउनुपर्यो।’

कम्युनिष्टहरूले जितेका स्थानीय तहमा भन्दा कांग्रेसले जितेका ठाउँमा फरक र राम्रा काम हुनुपर्ने देउवाको भनाइ थियो। ‘जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी राम्रो काम गरेर देखाउनुपर्छ,’ देउवाले भने। उनले कर्मचारीहरूले असहयोग गरेको पनि बताए। ‘जनताको करबाट पारिश्रमिक खाने कर्मचारीहरू यो वा त्यो कुनै पार्टीमा लागेर काम गर्न हुन्न,’ उनले भने, ‘कर्मचारीले असहयोग गरे भने हामी हिसाब राख्छौं।’