२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानिय जनप्रतिनिधिसंग नेपाली कांग्रेस, भक्तपुरको बोडेमा प्रशिक्षण सुरु



अ+ अ-

काठमाडौं । पार्टीबाट स्थानीय तहमा उम्मेदवार भई विजयी भएका प्रमुख र उपप्रमुखलाई नेपाली कांग्रेसले प्रशिक्षण सुरू गरेको छ।

शुक्रबारदेखी भक्तपुरको बोडेमा सुरू भएको प्रशिक्षण कार्यक्रम शनिबार सकिनेछ। पार्टीबाट उम्मेदवार भई जिल्ला समन्वय समिति र गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेकाहरूलाई कांग्रेसले प्रशिक्षण दिएको हो।

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता सहभागी छन्।

प्रशिक्षणमा सहभागी भएकाहरूलाई कांग्रेसले जनमुखी काम गर्न आग्रह गरेको छ।