२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री हेरफेरबारे अध्यक्ष प्रचण्डले गरे यस्तो खुलासा !



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेर प्रधानमन्त्री केपि शर्मा ओलीको निर्णयमा भर पर्ने बताएका छन् ।

शुक्रबार कैलालीको धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सुरुमा त मन्त्रिपरिषद् पुनर्गठनबारे आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लागेको बताए । उनले भने, ‘यो कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । किनकी यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो । उहाँले जे सोच्नुहुन्छ, त्यही हुन्छ ।’

तपाईँ पनि अध्यक्ष हो नि भन्ने प्रश्नमा उनले भने, ‘म पार्टी अध्यक्ष हो । सल्लाह त उहाँले पक्कै गर्नुहुन्छ ।’

यो जाने, त्यो आउने भनेर भएको चर्चामा भने सत्यता नभएको प्रधानमन्त्रीले आफूलाई भनेको उनले सुनाए ।