१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रियस्तरमा साख बढाएको छ : डा. भट्टराई



अ+ अ-

गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुर्याएको बताउनुभएको छ ।

समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका उहाँले गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो। “विश्वशक्ति राष्ट्र बन्ने दिशामा गएको छिमेकी देशका प्रमुख नेता आउँदा देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुगेकोे छ यो सकारात्मक र महत्वपूर्ण कुरा हो ।”

नेपालले दुवै देशबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयोे, “हामी दुवै देशबीच समान सम्बन्ध राखेर अघि जान सकिन्छ भन्ने मान्यता राख्छौँ र राष्ट्रपति सीको भर्खरै सम्पन्न भ्रमणले पनि यही सन्देश दिन्छ ।” अर्को फरक प्रसङ्गमा डा भटृराईले लोकतन्त्रका कारण पछिल्लो समय अपराध लुक्न नसकेको बताउनुभयो । सांसद विभिन्न आपराधिक घटनामा संलग्न भएको भन्ने आरोपमा धमाधम पक्राउ पर्नु लोकतन्त्रको उपलब्धि भएको उहाँको भनाइ थियो । “साधारण नागरिक मात्र होइन गलत कार्य गर्ने जोसुकैलाई पनि कानूनबमोजिम कारवाही हुन्छ भन्ने सन्देश गएको छ, यो अत्यन्तै सकारात्मक पाटो हो”, डा भटृराइले भन्नुभयो ।