२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुट्टाछुट्टै घटनामा तीन पक्राउ



अ+ अ-

कैलाली । प्रहरीले लागुऔषधसहित एक जनालाई सोमबार पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ मा डेरा गरी बस्ने भारतको लखिमपुरका १९ वर्षीय आशिष बालमिकीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर शाखा र त्रिनगर प्रहरी चौकीबाट खटिएको टोलीले बालमिकीको कोठाबाट २८ सिसी क्लोरोमाइन निलिट, २२ पत्ता स्पास्मो र १८३ ट्याब्लेट बरामद गरेको थियो । त्यसैगरी प्रहरीले मोटरसाइकल चोरीमा संग्लन एक जनालाई पक्राउ गरेको छ । बाजुरा बह्रमतोला गाउँपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क बस्ने २३ वर्षीय रोशन अधिकारीको से६प ५९१९ नंको यामाहा मोटरसाइकलसहित कैलारी गाउँपालिका–७ का २५ वर्षीय प्रकाश बोहरालाई पक्राउ गरिएकोे प्रनाउ बस्नेतले बताए ।

उनलाई कैलारी गाउँपालिकामा मोटरसाइकल चलाइरहेको अवस्थामा पक्राउ गरिएको थियो ।त्यस्तै धनगढी–४ स्थित कैलपाल स्टोरको गोदाममा प्रहरीले सोमबार छापा मार्दा रु ३९ हजार ७२५ बराबरका विभिन्न खाद्य सामग्री बरामद गरेको छ । भन्सार छलेर भित्र्याइएका मसुरको दाल१७५ किलोग्राम, नरिवल २५ किलोग्राम, राज्मा दाल ५० किलोग्राम, चिनी २५ किलोग्राम, सुर्ती ३० पोकालगायत खाद्य सामग्री बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दिए ।

उक्त गोदाम हेर्ने जिम्मेवारी पाएका महेश भट्टलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि कैलाली भन्सार कार्यालय पठाइएको जनाइएको थियो ।