२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिक्त रहेको सभामुख पद कस्को जिम्मा लगाउनेबारे सत्तारूढ दल नेकपामा आन्तरिक गृहकार्य शुरु



अ+ अ-

काठमाडौं । रिक्त रहेको सभामुख कसलाई बनाउने भन्नेमा सत्तारूढ दल नेकपामा आन्तरिक गृहकार्य थालिएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका थिए । महराको राजीनामासँगै सभामुख पद रिक्त रहँदै छ । सभामुख र उपसभामुखमध्ये एक पद त्याग गर्नुपर्ने भएपछि नेकपाले उपसभामुखलाई राजीनामा गराएर सभामुख आफूले राख्ने गरी नयाँ सभामुखका लागि छलफल अघि सारेको हो ।

सभामुख पदमा अब को आउला भन्ने अड्कलबाजी भइरहेको समयमा सोमबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा समेत सभामुखको विषयले प्रवेश पाएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको विषयमा समीक्षा भएको थियो । त्यसक्रममा सभामुखबारे समेत छलफल भएको स्रोतले जानकारी दिएको छ ।

सत्तारूढ नेकपाभित्र सभामुख पदमा चयन हुन ठूलो कसरत सुरु भएको छ । अध्यक्षद्वय ओली र दाहालको सहमति नभई सभामुखको उम्मेदवार चयन हुन असम्भव जस्तै छ । तर, यसमा प्रधानमन्त्री ओलीको ‘च्वाइस’ नै अन्तिम हुने नेकपाका एक केन्द्रीय सदस्य बताउँछन् । प्रधानमन्त्री ओलीको विश्वासपात्र मानिने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सभामुखका बलियो दाबेदार हुन् । उनलाई नै सभामुख बनाउने विषयमा नेकपाभित्र छलफल भएको छ ।

पार्टीभित्रको शक्ति बाँडफाँटको हिसाबले तत्कालीन माओवादी केन्द्रले नै सभामुख पाउनुपर्ने तत्कालीन माओवादी केन्द्र पक्षधर नेताहरूले दाबी गरिरहेका छन् । सो पदका लागि आकांक्षीहरूले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । संविधानमै सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिंगको हुनुपर्ने व्यवस्था भएकाले अब बन्ने सभामुखबारे बहस पनि सुरु भएको छ । नेकपाका एक केन्द्रीय सदस्यले भने पछिल्लो समय सदनको प्रभावकारितालाई लिएर प्रश्न उठेपछि ओली पनि निवर्तमान सभामुख महराप्रति रुष्ट भएका थिए ।

महराको पछिल्लो घटनाले नेकपालाई सभामुख फेर्न सहज भएको नेकपाका नेताहरू नै बताउँछन् । नेम्वाङ सभामुख भए सदनको प्रभावकारिता बढ्ने र सरकारबारे पनि जनस्तरमा आलोचना नहुने ओलीको विश्वास छ । नेम्वाङ ओलीले रुचाएका नेतामध्येमा पर्छन् । उता, अर्का अध्यक्ष दाहाल पनि नेम्वाङप्रति सकारात्मक छन् । तर, उनीमाथि तत्कालीन माओवादी केन्द्रभित्रबाटै सभामुख बनाउनुपर्ने दबाब बढी छ । पूर्वमाओवादी केन्द्रबाट देव गुरुङ, अग्नि सापकोटा र ओनसरी घर्ती लबिङमा छन् ।

नेकपाबाट अहिले उपसभामुख डा. शिवमाया तुम्वाहाम्फे छिन् । नेकपाले सभामुखमा दाबी गर्ने हो भने उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ । यसअघि सभामुखमा माओवादी र उपसभामुखमा तत्कालीन एमालेले उम्मेदवारी दिएका थिए भने सोहीअनुसार जित पनि हासिल गरेका थिए । तर, अहिले भने दुवै दल मिलेर नेकपा बनिसकेको छ । अब नेकपाबाटै सभामुखको उम्मेदवार दिन पाइनेछैन ।

यस्तो अवस्थामा उपसभामुख डा. तुम्वाहाम्फेलाई समेत सभामुखको उम्मेदवारी दिन लगाएर उपसभामुख पद खाली गर्नुपर्ने हुन्छ । उपसभामुखले राजीनामा दिन सभामुख हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले पनि सभामुखले राजीनामाको साटो उम्मेदवारी दिएर आफ्नो पद खाली बनाउनुपर्ने हुन्छ । राजधानी दैनिकबाट