२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामो लाइनमा बस्नुपरेको भन्दै एनआरएन प्रतिनिधिले त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडे



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको भन्दै उनीहरूले आइतबार बेलुका डेस्क तोडफोड गरेका हुन् । तोडफोडमा उत्रिएका एनआरएनए रमेशकुमार थापालाई पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ ।

पिए ७१०२५६६ नम्बरको अस्ट्रेलियन राहदानीवाहक थापाले मुड्कीले हानेर अध्यागमनको सिसा फुटाएर कर्मचारीमाथि पनि अभद्र व्यवहार गरेका थिए । उनीसहित पाँचजनाको समूहले कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । तोडफोड गर्ने थापालाई पक्राउ गरिएको र उनका अन्य चार साथीको कागजपत्र लिइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

थापालाई आइतबार राति महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको थियो भने सोमबार बेलुका अध्यागमन विभागको हिरासतमा सारिएको थियो । जरिवाना गरेर उनलाई मंगलबार छाडिने विभागका महानिर्देशक पौडेलले बताए । उनलाई छाड्न एनआरएका नेताहरूले अध्यागमन अधिकारीहरूलाई दबाब दिएका थिए । मंगलबारदेखि एनआरएनको नवौँ अधिवेशन काठमाडौंमा सुरु हुँदै छ । जसका लागि करिब १५ सय प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

यसरी भयो घटना
आइतबार राति १२ बजेतिर उनीहरू क्याथे ड्रागन एयरलाइन्सको उडान केए १०४ मार्फत नेपाल आएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका कारण साँझ आउने विमान राति आएका थिए । जसकारण बेलुका अबेरसम्म अध्यागमनमा भिडभाड थियो । अध्यागमन कार्यालयमा नेपाली, निःशुल्क भिसा पाउने सार्क राष्ट्र तथा चिनियाँ र अन्य विदेशीका लागि छुट्टाछुट्टै डेस्क हुन्छ ।

उनीहरू नेपाली मूलका अस्ट्रेलियन नागरिक हुन् । उनीहरूसँग एनआरएनए कार्डसमेत थिएन । पर्यटक भिसामा नेपाल प्रवेश गर्न लागेका थिए । जसकारण उनीहरू अन्य विदेशी पर्यटकजस्तै लाइनमा बस्नुपर्ने थियो । लाइन लामो थियो । निःशुल्क भिसा पाउनेतर्फको लाइन खाली भएपछि उनीहरूले त्यहाँ गएर आफूहरूलाई छिटो भिसा दिन दबाब दिएका थिए ।

सो डेस्कमा कार्यरत महिला अधिकृतले सम्बन्धित डेस्कको लाइनमा बस्न आग्रह गरेकी थिइन् । त्यही क्रममा एक भारतीय सो डेस्क हुँदै बाहिरिएकी थिइन् । त्यसपछि उनीहरूले भारतीयलाई सजिलै इन्ट्री दिने आफूहरू लाइनमा बस्नुपर्ने भन्दै डेस्कको सिसा फुटाएर कर्मचारीमाथि अपशब्द बोलेका थिए । लगत्तै अध्यागमन कर्मचारीले प्रहरी बोलाएका थिए ।

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद
जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका हुन् ।

बिहान ११ः४० मा उडान तालिका भए पनि दिउँसो १ः४० सम्म नआएपछि सांसद साह आक्रोशित भएका थिए । ‘विमान कम्पनीका कर्मचारीलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आक्रोश नियन्त्रण गर्न सकिनँ । आक्रोशमै हातले काउन्टरमा हिर्काएँ,’ साहले भने ।

बुद्ध एयरका जनकपुर प्रबन्धक विजय सिंहले भने प्राविधिक कारणले काठमाडौंबाट विमान आउन ढिला भएको जानकारी पटक–पटक यात्रुलाई गराए पनि सांसद साह एक्कासि तोडफोडमा उत्रिएको बताएका छन् । हुलहुज्जत गरेको आरोपमा उनलाई एयरलायन्सले उडाउन मानेको थिएन, प्रमुख जिल्ला अधिकारीको दबाबपछि उनलाई समेत लिएर जहाज १ः४५ मा काठमाडौंका लागि उडेको थियो । नयाँ पत्रिका दैनिकबाट