१८ असार २०८३, बिहीबार
,
Latest
विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर



अ+ अ-

काठमाडौं । बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । बाँके जिल्लाको केही भू–भागमा सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन् ।

आकाशेपानी परेपछि दुईदिनयता करिब १० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले बताउनुभयो । मसिनो र मध्यम जातको धानको खेती गर्ने किसानलाई वर्षा नहुँदा धान रोपाइँमा समस्या भए पनि मोटो धान खेती गर्ने किसानलाई ढिलो वर्षा भए पनि समस्या नहुने सूचना अधिकारी शर्माले बताउनुभयो ।

बाँकेमा कूल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्र जमिन रहेकोमा ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी शर्माको भनाइ छ ।

बाँकेमा सिक्टा सिँचाइ आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकाका र राप्तीसोनारी गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भएपनि अधिकांश किसान अहिले पनि आकाशेपानीको भरमा धानखेती गर्न बाध्य छन् ।

लामो समयको खडेरीपश्चात् दुई दिनअघि पानी परेपछि बाँकेका अहिले किसान धान रोपाइँमा जुटेका छन् । सोमबार राति र मङ्गलबार दिनभरजसो पानी परेपछि रोपाइँको लागि खेतमा पर्याप्त पानी पुगेको खजुरा गाउँपालिका–२ का अगुवा किसान गेहेन्द्र धितालले बताउनुभयो ।

“पानी नपर्दा चिन्तित किसान दुईदिनको वर्षाले राहत महसुस गरेका छन् । धान रोपाइँ हुन नसकिरहेको अवस्थामा पानी परेपछि राहत मिलेको छ”, धितालले भन्नुभयो, “पानीको अभावमा खेत सुकेका थिए, बीउ पहेँलिएको थियो र धान रोप्ने अवस्था थिएन पानी परेपछि समयमै रोपाइँ हुने आशा पलाएको छ ।”

आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले जसोतसो धानको ब्याड राखे पनि पानी नपरेका कारण धान रोपाइँ गर्न पाएका थिएनन् । पानी परेपछि अब गाउँमा धमाधम धान रोपाइँ सुरु भएको नेपालगञ्ज–१९ सुईयागाउँका किसान ललवा माहुतले बताउनुभयो ।

बाँकेमा सिंचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि बीउको ब्याड राखिएको उहाँको भनाइ छ ।

धानको बीउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको सिक्टा सिंचाइ आयोजनाका सूचना अधिकारी मनोज शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार, राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएकोमा हालसम्म २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पु¥याएको छ ।