काठमाडौं । संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि आज बसेको प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित भएको छ।
संसद् सचिवालयका अनुसार इन्टरनेटमा आएको प्राविधिक समस्याका कारण बैठकको प्रत्यक्ष प्रसारण युट्युबमार्फत गर्न सकिएको छैन। प्राविधिक टोलीले सेवा पुनः सञ्चालनका लागि आवश्यक काम गरिरहेको जनाएको छ।
प्रतिनिधिसभाको बैठक चार दिनपछि आज बसेको हो। यसअघि बैठक असार १४ गते बसेको थियो। त्यसअघि भने असार ५ गते मात्र प्रतिनिधिसभाको बैठक बसेको थियो।
इन्टरनेट सेवा अवरुद्ध हुँदा बैठकको प्रत्यक्ष प्रसारण हेर्न चाहने सर्वसाधारणसमेत प्रभावित भएका छन्।












